
तनहुँ । तनहुँ-१ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। हालसम्म १३ वडाको १८ हजार ६६१ मत गणना भएको छ ।
१८ हजार ६६१ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो सुरूआती अग्रता कायम राख्दै १० हजार २५९ पाएका छन् ।
उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५ हजार ३ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले २ हजार ७९७ मत ल्याएका छन्।











