Logo
Logo

सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल


3.4k
Shares

काठमाडौं । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा संसदीय समितिहरुको गठन तथा टिआरसी विधेयकलगायतका विवादित विषयमा टुंगो लगाउन प्रमुख तीन दलको बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी छन् ।

त्यस्तै कांग्रेसका प्रमुख सचेतक रमेश लेखक,एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ,प्रमुख सचेतक पदम गिरी र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पनि बैठकमा छन् ।

प्रतिक्रिया दिनुहोस्