Logo
Logo

बारा-२ : उपेन्द्रलाई पछि पार्दै शिवचन्द्रले लिए अग्रता


14.4k
Shares

काठमाडौं । बारा–२ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् । जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवलाई पछि पार्दै उनले अग्रता लिएका हुन् ।

करैयामाई नगरपालिका वडा १ र २ को २ हजार ७४ मत गणना गर्दा यादवलाई कुशवाहले १०८ मतान्तरले पछि पारेका छन् । कुशवाहले ८९५ मत प्राप्त गरेका छन् भने यादवले ७८७ मत प्राप्त गरेका छन् ।

एमालेका पुरुषोत्तम पौडेलले ५२३ मत प्राप्त गरेका छन् । रास्वपाका रमेश खरेलले भने २३९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्