Logo
Logo

मतान्तर बढाउँदै उपेन्द्र यादव


13.4k
Shares

काठमाडौं । बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टी (जसपा)का उम्मदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् ।

उनले जनमत पार्टीका शिवचन्द्र कुशवाहलाई २११ मतान्तरले पछि पारेका हुन् । पछिल्लो मतपरिणाम अनुसार यादवले १८७२ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका कुशवाहले ६६१ मत ल्याएका छन् ।

त्यस्तै एमाले पुरुषोत्तम पौडेल ७२९ मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल २६९ मतसहित चौथौ र आम जनता पार्टीका अरुण ज्ञवाली १५४ मतसहित पाँचौं स्थानमा छन् ।

मतगणनाको सुरुवातमा जसपाका उपेन्द्र यादवले अग्रता लिएका थिए तर पछि शिवचन्द्रले अग्रता लिएका थिए । फेरि अहिले उपेन्द्रले नै अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्