Logo
Logo

मतान्तर बढाउँदै रवि लामिछाने 


4.7k
Shares

काठमाडौं । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उममेदवार रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार उनले आफ्ना निकटतम प्रतिस्पर्धी भन्दा ३६ सय ६६ मतको अग्रता लिएका छन् । रविले हालसम्म ६ हजार ५६८ मत पाएका छन् । 

उनका प्रतिस्पर्धी नेकपा एमालेका रामप्रसाद न्यौपानेले २ हजार ९०२ मत ल्याउँदा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले २ हजार ६८८ मत ल्याएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले इच्छाकामना गाउँपालिकाका सबै वडाको मत गनिसकेर भरतपुरको मतगणना चलिरहेको छ। 

प्रतिक्रिया दिनुहोस्