काठमाडौं । काठमाडौंको आकाशमा आगो देखिएको विमान दुबइतर्फ नै प्रस्थान गरेको छ।

इन्जिनमा समस्या भयो भनेर रिपोर्टिङ भएपनि पछि नर्मल अवस्था भयो भनेर जहाज गन्तव्यतर्फ लागेको पर्यटनमन्त्री सुदन किरातीले जानकारी दिएका छन् ।
मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन् । उनले लेखेका छन्– ‘फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्य तिर जाँदैछ, कोही चिन्ता नगर्नु होला सबैलाई शुभयात्रा ।’
दुबईका लागि त्रिभुवन विमानस्थलबाट उड्ने बित्तिकै प्राविधिक समस्या आएको जहाजमा आगोको झिल्कासहित आकाशमै विस्फोटको आवाज सुनिएको थियो ।
दुबईका लागि उडेको उक्त विमानमा १७५ जना यात्रु रहेका थिए ।











