Logo
Logo

प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची


1k
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्दैछ ।

बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने एउटा मात्रै कार्यसूची छ ।

संसद्को चालू अधिवेशन अन्त्य गर्ने तयारी रहेका कारण दर्ता भएका महत्त्वपूर्ण विधेयक अघि बढ्ने सम्भावना छैन । सोमबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा विधेयक अगाडि बढाउने सहमति जुटे पनि समय अभावका कारण सम्भावना नदेखिएको संसद् सचिवालय स्रोतले जनाएको छ ।

बजेट पेश गर्नुभन्दा १५ दिनअघि नै प्रिबजेट छलफल सक्नुपर्ने भएकाले वैशाख अन्तिम साता ‘बर्खे’ अधिवेशन बोलाइसक्नु पर्नेछ। संविधान बमोजिम जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा पेश गर्नु पर्नेछ । त्यसैले संसद् अधिवेशन एक दुई दिनभित्रै अन्त्य गर्ने तयारी गरिएको छ ।

यद्यपि आफूहरूलाई औपचारिक सूचना आइनसकेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्