Logo
Logo

निर्वाचित भएपछि स्वर्णिमले भने- मतदाताको गुण विकास गरेर तिर्छु


1.3k
Shares

काठमाडौं । तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले मतदाताको गुन विकास गरेर तिर्ने बताएका छन् ।

आइतबार सम्पन्न भएको उपनिर्वाचनमा भारी मतले विजयी भएका सांसद वाग्लेले प्रमाणपत्र ग्रहण गर्दै निर्वाचन क्षेत्र तनहुँ र देशको विकास गरेर मतदाताको गुन तिर्ने बताएका हुन् । उनलाई मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गरेका हुन् ।

सांसद वाग्लेले आफुलाई भारी मत दिएर जिताउने तनहुँवासीले गर्व गर्न लायक काम गर्ने प्रतिबद्धता पनि जनाए ।

आज सम्पन्न मतगणनाअनुसार डा वाग्ले ३४ हजार ९११ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराइले २० हजार १२२ मत पाएका थिए ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत आचार्यले शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको बताए ।

प्रतिक्रिया दिनुहोस्