काठमाडौं । बारा–२ को उपचुनावमा उपेन्द्र यादवले अग्रता कायम गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष यदवले १८ हजार ४९६ मत पाउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहले १४ हजार १७४ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेल भने धेरै पछि परेका छन् । उनको पाँच हजार ५९४ हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलको जम्मा दुई हजार १९६ मत छ ।
यहाँ ३४ उमेदवार प्रतिस्पर्धामा छन् । गएको मंसिर ४ गते भएको निर्वाचनमा यहाँबाट जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएका थिए ।
उनी उपराष्ट्रपति बनेपछि रिक्त रहेको स्थानका लागि गएको आइतबार मतदान भएको थियो ।











