Logo
Logo

सिके राउतले दिए उपेन्द्रलाई बधाई


2.6k
Shares

काठमाडौं । बारा २ बाट प्रतिनिधिसभा सदस्यमा जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएपछि जनमत पार्टीका अध्यक्ष सीके राउतले बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत राउतले आफ्नो पार्टीले जनताको अगाध माया पाएको भन्दै जनमतका उम्मेदवारलाई मतदान गर्नेलाई धन्यवाद दिएका छन् ।

‘निर्वाचन हो, ३४ जना उम्मेदवारमध्ये एउटाले न जित्ने हो । अन्य पार्टीहरूले पनि लोकतन्त्रप्रति आफ्नो जिम्मेवारी सहृदयताका साथ वहन गरेको छ’, राउतले लेखेका छन् ।

यहाँ ५०८१ मतान्तरले यादवले जनमतका शिवचन्द्र कुशवाहामाथि जित हात पारेका छन् । मधेसमा आफ्नो वर्चश्व कायमै राख्ने उपेन्द्रको दाउ र त्यसमाथि हाबी भइरहेका राउतबीच एकअर्कामा बेलाबेलामा घोचपेच चल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्