Logo
Logo

हल्ला चलेजस्तो अर्थतन्त्र खराब छैन : अर्थमन्त्री


945
Shares

काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले अर्थतन्त्रमा आएका केहि अप्ठेरा र दवावहरुलाई फुकाउनका लागि सरकार क्रियाशिल रहेको बताएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रको सुधारका लागि भन्दै पेश भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री महतले बाहिर हल्ला चलेजस्तो अर्थतन्त्र धेरै खरावको अवस्था नरहेको तर अर्थतन्त्रमा आएका केहि अप्ठेरा र दवावहरुलाई फुकाउनका लागि सरकार क्रियाशिल रहेको बताए ।

तरलता अभावका कारण ब्याजदर बढ्नु, पूँजीगत खर्च गर्ने क्षमता बढ्न नसक्नु र आर्थिक वर्षको अन्तमा मात्रै खर्च गर्ने प्रवृत्ति कायमै रहनुजस्ता समस्या रहेको महतले बताए । उनले अर्थतन्त्रमा देखिएका संरचनात्मक समस्यालाई पनि समाधान गर्ने प्रतिवद्धता जनाए ।

अर्थतन्त्रमा देखिएका समस्याहरु समाधानका लािग यसअघि देखि नै सरकारको तर्फबाट भूमिका कमजोर देखिएको भन्दै अहिलेको सरकारले यस बिषयमा गम्भीर ध्यान दिएको उनले बताए ।

अर्थमन्त्री महतले आगामी बजेटमार्फत अर्थतन्त्र सुधारका लागि धेरै काम गर्नका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिए । उनले तलबभत्ता नै खुवाउन नसक्ने अवस्था नरहेको जिकिर गरे । अहिलेको साधारण खर्च पूँजीगत खर्च र राजस्व भन्दा बढि देखिएको यसलाई पनि सुधार गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्