Logo
Logo

काठमाडौंका सबै ठाउँमा सिसिटिभी जडान गर्न गगन थापाको माग


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंका सबै ठाउँका सिसिटिभीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

काठमाडौंमा दिनदहाडै हत्या हुने क्रम बढ्दै गइरहेको उल्लेख गर्दै उनले शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन संघीय सरकार र काठमाडौं महानगरपालिकाले मिलेर सबै ठाउँमा सिसिटिभी जडान गर्नुपर्ने बताएका हुन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले कपनस्थित सरस्वती नगरमा एक महिलाको दिनदहाडै हत्या भएको ७ दिन बित्दा लाग्दा पनि सरकारले घटनाको सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कारबाही गर्ने काम गर्न नसकेकोमा आक्रोश समेत व्यक्त गरे ।

उनले भने, ‘छुरी प्रहार गरेर हत्या भएको ७ दिन भयो । प्रहरी कार्यालय र गृह मन्त्रालय धाइरहनु भएको छ । तर उहाँहरूले ठोस जवाफ पाउनु भएको छैन । आज संयोगले माननीय गृहमन्त्रीज्यू संसद्मा उपस्थित हुनुहुन्छ । म आग्रह गर्न चाहन्छु सम्माननीय सभामुख महोदय मार्फत घटनाको सत्यतथ्य र सबभन्दा ठूलो कुरा दिनदहाडै हत्या भएको सन्दर्भमा यहाँका नागरिकहरूले जुन विश्वास गर्न नसक्ने अवस्था बनेको छ । यसको बारेमा विश्वास गर्न गर्न स्थिति माननीय गृहमन्त्रीज्यूले बनाई दिनुहोस् ।’

उनले थपे, ‘सँगै सिंगै काठमाडौंलाई हामीसँगै काम गर्न तयार छौं । महानगरपालिका, संघीय सरकार मिलेर सिंगो काठमाडौंलाई यसको सेक्युरिटीसँग जोडेर सिसिटिभी जोडेको भए यो घटनाको तथ्य पत्ता लगाई सकेको हुन्थ्यो ।’

महामन्त्री थापाले सो घटनाको सत्यतथ्य तत्काल बाहिर ल्याई दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्