Logo
Logo

निर्मला पन्त प्रकरणमा पत्रकार खेम भण्डारी पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ मंसिर ।
निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा अदालतको मानहानी गरेको आरोपमा पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । उनलाई एक घन्टा कैद र एक रुपैयाँ जरिवानाको सजाय सुनाईको थियो ।


निर्मला प्रकरणलाई उनले नै उचालेर प्रहरी अनुसन्धानलाई प्रभावीत गरेको आरोप लाग्दै आएको छ । कञ्चनपुरका तत्कालिन एसपी दिल्लीराज बिष्टसँगको दुश्मनीका कारण जसरी पनि प्रहरीलाई बदनाम गराउने अभियानमा उनी लागेका थिए । पुनरावेदनको म्याद सकिएपछि उनलाई प्रहरीले फरार अभियुक्तका रुपमा पक्राउ गरेको हो ।
उनी कञ्चनपुर नै बसेर मानसखण्ड दैनिक नामक पत्रिका चलाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्