काठमाडौं । नेपाल राष्ट्र बैंकले चैतसम्मको तथ्यांक सार्वजनिक गर्दै फागुनको तुलनामा नगद कारोबार चैतदेखि भने ३ अर्ब ६० करोड रुपैयाँले घटेको जनाएको छ । दसैं तिहारताका ठूलो मात्रामा नगद कारोबार बढेकोमा कात्तिकपछि क्रमशस् घटिरहेको थियो, तर माघ लागेपछि पुनस् बढ्न थालेमा चैतमा घटेको हो ।

दसैंपछि क्रमशस् घट्न थालेको नगद कारोबार माघमा केही सुधार देखिएको थियो । पुसमा ६ खर्ब १ करोड १६ लाख रुपैयाँमा झरेको चलनचल्तीको नोट माघमा ५ अर्ब ६० करोड ९६ लाख रुपैयाँले बढेको थियो । फागुनमा थप ९ अर्ब ७७ करोड १४ लाख रुपैयाँले बढेको थियो ।
दसैंताका अर्थात असोजमा यस्तो नोट ६ खर्ब ४९ अर्ब ४२ करोड २७ लाख रुपैयाँ चलनचल्तीमा थियो । त्यसपछि क्रमशस् घटेर ६ खर्ब एक करोडमा आएको थियो, यो भनेको पुस महिनामा हो । माघ लागेपछि पुनस् चलनचल्तीको नोट बढेको थियो । चैतमा चलनतल्तिमा रहेको नोट ६ खर्ब ११ अर्ब ७८ करोड ८० लाखमा सीमित भएको छ ।











