Logo
Logo

मुलुक खेल क्षेत्रमा अगाडि बढिहरेको छ : सञ्चारमन्त्री


315
Shares

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलक खेल क्षेत्रमा अगाडि बढिरहेको बताएकी छन् । दाङको बंगलाचूली बिहीबारबाट सुरु भएको तेस्रो बंगलाचूलीमा कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै यस्तो उनले यस्तो बताएका हुन् ।

सरकारले प्रत्येक पालिकामा खेलकुद मैदान निर्माणसहित खेलाडी उत्पादनका लागि राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता संचालन गर्दै आएको उनले जानकारी दिइ्न् ।

सो अबसरमा खेलाडीलाई खेल क्षेत्रबाट बिश्वसामु नेपाललाई चिनाउँन भुमिका खेल्न आग्रह गर्नुभयो । मन्त्री शर्माले खेलकुदको क्षेत्रमा बजेट बनाउदा प्राथमिकका आधारमा योजना बनाउन थालेको उनले उल्लेख गरिन् ।

द्वन्द्ध पिडितका मुद्धा टुङ्याउन सरकारले संक्रमणकालिन न्यायको माध्यमबाट छिटो हल गर्ने उनले बताइन् । मन्त्री शर्माले गणतन्त्रमाथि संसदभित्र र बाहिर दुबै क्षेत्रबाट आक्रमण भइरहेको बताउँदै सम्पूर्ण जनता परिर्वतनको पक्षमा उभिन आबश्यक रहेको धारणा व्यक्त गरिन् । प्रतियोगिताका क्रममा मन्त्री शर्माले खेलकुदका सामग्री खेलाडीलाई हस्तान्तरण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्