Logo
Logo

ज्ञानेन्द्र शाहलाई ओलीको चेतावनी- हिसाबकिताब नगरी छाडेका छौं, बढ्ता फुरफुर नगर


3.5k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हिसाबकिता नगरी छाडेको भन्दै धेरै फुरफुर नगर्न चेतावनी दिएका छन् । बिहीबार मिसन ग्राँसरूट लेभल अभियानको क्रममा इलाम पुगेका ओलीले यस्तो बताएका हुन् ।

‘ज्ञानेन्द्र शाह उनका परिवार, उनकी बुहारी जान्ने भएर जनताले ढुंगा हानेको देख्ने । अनि ट्वीट गरेर जनताले केपी ओलीलाई ढुंगा हानेको भन्ने । मैले यसको जवाफ दिनु नपरोस् ज्ञानेन्द्र शाहलाई भन्दैछु बढ्ता फुरफुर नगर, बढ्ता फुरफुर गर्ने होईन हामीले हिसाव किताव नगरी छोडेका छौँ’, ओलीले भने, ‘हाम्रा साथीहरुलाई ड्याङ्ड्याङ् गोली हानेर ज्यान लिंदा छोडेका छौँ । अनेक हिसावकिताव गर्या छैनौँ । हामी सहनशिल भएका हौँ । हिसाबकिताब गर्न सुरु गर्नु नपरोस् छोराबुहारी अगाडी सारेर धेरै फुरफुर नगर म चेतावनी दिन्छु ।’

बुधबार दिउँसो झापामा कार्यक्रमका लागि हिँडेका ओलीमाथि पहिचानपक्षधरले कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गरेका थिए । त्यस क्रमममा प्रहरीले पहिचान पक्षधरका दुईजनालाई पक्राउ समेत गरेको थियो ।

उक्त घट्नाबारे ओलीले अराजनीतिक, उदण्डको कृयाकलाप भएको बताए । पहिचानपक्षधरहरूले प्रदेश १ को नाम कोशीविरुद्ध निरन्तर आन्दोलन गरिरहेका छन् । उनीहरुले प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने माग राख्दै पहिचानविरोधिविरुद्ध प्रदर्शन गर्दै आएका छन् । यसक्रममा प्रहरी र उनीहरूबीच पटकपटक झडप समेत भएको छ । जसमा पदम लिम्बु ‘लाजेहाङ’ को निधन भएको छ । उनलाई संघीय सरकारले शहीद घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्