Logo
Logo

इलाममा पनि ओलीलाई कालो झन्डा


6.6k
Shares

काठमाडौं । पहिचान पक्षधरले इलाममा पनि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाएका छन् ।

कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले बिहीबार इलाम बजारमा ओलीलाई कालो झन्डा देखाएका हुन् । ओली एमालेको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्वोधन गर्न इलाम पुगेका थिए । ओलीसहित, उपाध्यक्ष सुवास नेम्वाङ र प्रदेश सांसद राम रानामगर लगायतको एमाले नेतालाई लक्षित गर्दै पहिचान पक्षधरले कालो झन्डा देखाएका हुन् ।

ओलीसहितका नेताहरु कार्यक्रमस्थल गौतमबुद्ध सभाहलतर्फ जाँदै गर्दा इलाम बजारमा पहिाचन पक्षधरले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा ९ जना पक्राउ परेको जनाइएको छ ।

बुधबार उनकै गृहजिल्ला झापामा पनि पहिचान पक्षधरले ओलीलाई कालो झन्डा देखाउनुका साथै ढुंगामुढा प्रहार समेत गरेका थिए । ओली आजै पाँचथरको फिदिमतर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्