Logo
Logo

अमेरिकी डलर र यूरोकाे भाउ बढ्यो


1.4k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ  । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ १२ पैसाले बढेको छ ।

शुक्रबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६५ पैसा र बिक्रीदर १३१ रुपैयाँ २५ पैसा कायम गरिएको छ । यसअघि बिहिबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ५३ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ १३ पैसा कायम गरिएको थियो । 

आज युरोपियन युरो १५ पैसाले बढेको छ । शुक्रबार युरो एकको खरिददर १४४ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४५ रुपैयाँ एक पैसा कायम गरिएको छ । यता बेलायती पाउण्ड स्टर्लिङ घटेको छ । यसको खरिददर १६२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७३ पैसा तोकिएको छ ।  

त्यसैगरी, अष्ट्रेलियन डलरको एकको खरिदमा ८६ रुपैयाँ ५३ पैसा र बिक्रीमा ८६ रुपैयाँ ९३ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ३९ पैसा कायम भएको छ । 

यता, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९९ पैसा कायम गरिएको छ भने  युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७४ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा कायम गरिएको छ । 

मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ २७ पैसा र बिक्रीदर २९ रुपैयाँ ४१ पैसामा पाइने छ । आज कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ९१ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३४८ रुपैयाँ १६ पैसा छ ।
 

प्रतिक्रिया दिनुहोस्