
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा दुई सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा चितवन–२ बाट निर्वाचित रवि लामिछाने र तनहुँ–१ बाट निर्वाचित डा. स्वर्णिम वाग्लेलाई सभामुख देवराज घिमिरेल पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
सभामुख घिमिरेले शपथग्रहण गराउनुका साथै सांसदको लोगो वितरण गरेका छन् । बारा २ बाट निर्वाचित सांसद उपेन्द्र यादवको भने कार्यव्यस्ताको कारणले आज शपथ नभएको संसद सचिवालयले जनाएको छ ।











