Logo
Logo

हत्या अभियोगमा फरार एमालेका सांसद कोइरी उद्योग समितिकाे सदस्य


1.3k
Shares

काठमाडौं । हत्या अभियोगमा फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी संसदको उद्योग तथा वाणिज्य समिति सदस्यमा सिफारिस भएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले समिति सदस्यमा सांसद कोइरीलाई मनोनयनका लागि प्रस्ताव गरेका हुन् । सांसद कोइरी प्रतिनिधिसभा बैठकमा ३ पटक उपस्थित भएका थिए । त्यसपछि उनी संसदमा उपस्थित भएका छैनन् ।

सांसद कोइरीविरूद्ध २०७२ भदौ २५ गते सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिकलाई घेरा हाली कुटपिट गरी हत्या गरेको आरोपमा उच्च अदालत जनकपुरबाट थुनामा राखी पुर्पक्ष गर्न आदेश भएको थियो । त्यसपछि सांसद कोइली प्रहरीको फरार सूचीमा छन् ।

प्रतिक्रिया दिनुहोस्