Logo
Logo

कर्मचारीका छोराछोरीलाई छात्रवृत्तिका लागि दरखास्त आह्वान


630
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्तति (छोराछोरी)लाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ । मन्त्रालयको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले आज कर्मचारीका सन्ततिलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरेको हो ।

कक्षा १२ वा सो सरहको परीक्षामा कम्तीमा पनि २ दशमलव ४ जीपीए वा ५० प्रतिशतभन्दा बढी अङ्क ल्याएका, स्वदेशी विश्वविद्यालय वा क्याम्पसमा स्नातक तहमा भर्ना भएकाले आवेदन दिन सक्ने उक्त सूचनामा जनाइएको छ ।

निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका, २०७९ अनुसार स्वदेशी विश्वविद्यालय वा त्यस्तो विश्वविद्यालयको आङ्गिक वा सम्बन्धन प्राप्त शिक्षण संस्थामा कुनै विषयमा स्नातक वा सो सरहको तहमा प्रथम वर्ष वा पहिलो वा दोस्रो सेमेस्टरमा भर्ना भई अध्ययन गरिरहेको निजामती सेवा ऐन, २०४९, स्वास्थ्य सेवा ऐन २०५३, व्यवस्थापिका संसद् ऐन, २०६४ बमोजिम सेवाका पदमा बहाल रहेका र कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम सरकारी सेवाबाट प्रदेश वा स्थानीय तहमा समायोजन भएका कर्मचारीका सन्ततिले यस्तो छात्रवृत्ति पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्