Logo
Logo

एसिसी कप : नेपालको उत्कृष्ट प्रदर्शन, विकेट नगुमाई ७ ओभरमा ६० रन


1.3k
Shares

काठमाडौं । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवेतविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदानमा जारी खेलमा नेपालले ७ ओभरमा कुनै पनि विकेट नगुमाउँदै ६० रन जोडिसकेको छ ।

कुशल भुर्तेल २७ बलमा ६ चौका र १ छक्कासहित ३७ रनसहित क्रिजमा छन् भने आसिफ शेख १५ बलमा १ चौका र २ छक्कासहित २१ रनमा अविजित रहेका छन् । खेल जारी छ ।

नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समुह ‘ए’ वाट बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बीका उपबिजेता कुबेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भिडन आइपुगेको हो ।

कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटवाट सेमिफाइनल पक्का गरेको हो ।

नेपाल टिममा कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह कार्की, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी छन् ।

प्रतिक्रिया दिनुहोस्