Logo
Logo

एसीसी कप : नेपालले गुमायो लगातार तीन विकेट


1.6k
Shares

काठमाडौं । एसीसी प्रिमियर कपको जारि सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध तेस्रो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थाल्दै राम्रो सुरुआत गरेको नेपालले पाओर प्लेको समाप्तिमा कुनै पनि विकेट गुमाएको थिएन । तर, १२।१ ओभरमा नेपालले तीन विकेट गुमाइसकेको छ ।

ओपनर कुशल भुर्तेल १०।५ ओभरमा अदनन् इद्रिसको बलमा यासिन पटेलबाट क्याचआउट हुँदा नेपालले पहिलो विकेट गुमाएको थियो । उन्ले आउट हुनु अघि, आसिफ शेखसँग ७७ रनको साझेदारि गरेका थिए ।

अहिले नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले ब्याटिङ गरिरहेका छन् । नेपालले अहिले १६ ओभरमा ३ विकेट गुमाएर ९५ रन बनाएको छ ।

समूह ‘बी’का उपबिजेता कुबेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भिडन आइपुगेको हो ।कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटवाट सेमिफाइनल पक्का गरेको हो ।

नेपाल टिममा कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह कार्की, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी छन् ।

प्रतिक्रिया दिनुहोस्