Logo
Logo

निरा पाण्डेको हत्यारा सार्वजनिक गर्न माग गर्दै प्रदर्शन


756
Shares

काठमाडौं । कपनमा हत्या गरिएकी निरा पाण्डेको हत्यारा सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरिएको छ । शनिबार पाण्डेका आफन्त, नागरिक समाज र अभियन्ताहरुले माइतीघरदेखि नयाँ बानेश्वरस्थित संसद भवनसम्म प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले खुनको बदला खुन जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । ३५ वर्षीया पाण्ड वैशाख ७ गते मातातीर्थ औंसीका दिन आफ्नै भाँडा पसलमा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् । पसलमा आइपुगेका व्यक्तिले देखेपछि उक्त घटना सार्वजनिक भएको थियो ।

प्रहरीले हालसम्म घटनामा संलग्नलाई पहिचान गर्न सकेको छैन तर, केन्द्रीय अनुसन्धान ब्यूरोले समिति गठन गरेर छानबिन भने गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्