Logo
Logo

मुख्यमन्त्री हिक्मत कार्कीलाई धरानमा अवरोध


4.4k
Shares

काठमाडौं । पहिचान पक्षधरहरुले प्रदेश १ को मुख्यमन्त्री हिक्मत कार्कीलाई धनकुटाको भेडेटार जान अवरोध गरेका छन् । एमालेको प्रदेशस्तरीय केन्द्रीय सदस्यहरूको बैठकमा सहभागी हुन जाने क्रममा पहिचान पक्षधरले अवरोध गरेका हुन् ।

मुख्यमन्त्री नाम्जे जाने भएपछि सुनसरी प्रहरीले धरान, इटहरी, दुहबी र चारकोसे जंगलमा ब्यापक प्रहरी परिचालन गरेको थियो । तर, प्रदेश १ को नाम कोशी खारेजी र पहिचानको आधारमा पुनः नामङ्कन गर्नुपर्ने मागसहित आन्दोलनरत पहिचान पक्षधरहरुले सडकमा नाराबाजी गर्दै प्रदर्शन गरेपछि मुख्यमन्त्री कार्कीको धनकुटा जाने कार्यक्रम स्थगित भएको हो ।

पहिचान पक्षधरहरुले धरानको विभिन्न स्थानमा भेला भएर मुख्यमन्त्रीविरुद्ध नाराबाजीसहित विरोध पर्दशन गरेका ािथए । जसपाका नेता सागर चेम्जोङले एकतर्फी रूपमा मुख्यमन्त्री कार्कीले प्रदेश १ को नाम कोशी राखेकाले किराती बाहुल क्षेत्रमा उनलाई प्रवेशमा प्रतिबन्ध लगाइएको बताएका छन् ।

सुनसरीका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालका अनुसार सुनसरीको बाटो हुँदै पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली आउने खबर प्राप्त भएका कारण सुनसरीको सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्