काठमाडौं । धनगढीमा सडेको अवस्थामा एक जना पुरुषको शव भेटिएको छ । धनगढी उपमहानगरपालिका ३ मिलनचोक नजिकै रहेको मानस नबस्ने एक घरमा सडेको अवस्थामा शव फेला परेको हो ।

स्थानीय राजेन्द्र थलारीको भुईतले टिनले छाएको कच्ची घरमा पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।
निलो ट्र्याकसुट लगाएको व्यक्तिको उक्त शव कसैले पहिचान गरेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन जिल्ला प्रहरी कार्यालय कैलालीले आग्रह गरेको छ ।














