Logo
Logo

रास्वपा संसदीय दलका नेताबाट अर्यालले दिए राजीनामा


5.9k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेताबाट उपसभापति डोलप्रसाद अर्यालले राजीनामा दिएका छन् । उनले शनिबार बसेको संसदीय दलको बैठकमा राजीनामा बुझाएका हुन् ।

संसदीय दलको भर्चुअल बैठक बसेर अर्यालले उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएको हो । यससँगै पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता बन्ने भएका छन् । सोमबार बस्ने संसदीय दलको बैठकले लामिछानेलाई दलको नेता चयन गर्ने तयारी गरेको छ ।

चितवन क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा निर्वाचित भएका रवि लामिछानेले शुक्रबार शपथ लिएसँगै प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्