Logo
Logo

‘अर्थ समिति’मा खर्बपतिदेखि अर्थशास्त्रीसम्म


2.7k
Shares

काठमाडौं । देशको आर्थिक नीति बनाउने ‘अर्थ समिति’मा खर्बपति विनोद चौधरीदेखि अर्थशास्त्री डा. स्वर्णीम वाग्लेसम्म मनुमोदन भएका छन् ।

प्रतिनिधिसभाको १० समितिमध्ये खर्बपति उद्योगी चौधरीदेखि रास्वपाका नवनिर्वाचित सांसद एवम् अर्थशास्त्री डा. वाग्लेसम्मले संघीय संसदको प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति रोजेका हुन् ।

२५ सदस्यीय समितिमा पूर्व अर्थमन्त्रीहरु विष्णु पौडेल र ज्ञानेन्द्र कार्कीले पनि अर्थ समिति रोजेका छन् । अर्थ समितिमा सांसदहरु अन्जनी श्रेष्ठ, अम्मरबहादुर रायमाझी, गंगा कार्की, छिरङ डम्डुल लामा, जुलीकुमारी महतो, दिपक खड्का, दिपक बोहरा र नारायणप्रसाद आचाय छन् ।

त्यस्तै नारायणी शर्मा, पदम गिरी, पूर्णबहादुर तामाङ, भगवती चौधरी, मुक्ताकुमारी यादव, मेटमणी चौधरी, रणकुमार बलम्पाकी मगर, रामनाथ अधिकारी, विराजभक्त श्रेष्ठ, वीरेन्द्रप्रसाद महतो, सन्तोष चालिसे, सूर्यबहादुर थापा क्षेत्री र ज्ञानबहादुर शाही पनि अनुमोदन भएका छन् ।

अर्थसमिति देशको आर्थिक नीति बनाउने मिनी पार्लियामेन्ट हो । आर्थिक नीति कस्तो बनाउने भन्ने शुरुवाती छलफल यही समितिमा गरिन्छ ।

प्रतिनिधि सभाको नियमित कार्यमा सहयोग पु¥याउन विषयगत समिति र विशेष समिति गठन गर्न सकिने व्यवस्था प्रतिनिधि सभा नियमावली, २०७५ मा छ ।

समितिले सरकारलाई प्रतिनिधिसभाप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन सक्छन् ।

ती मध्ये पनि अर्थ समिति एक महत्त्वपूर्ण समिति हो । अर्थ समितिको कार्यक्षेत्रमा अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, लगानी वोर्ड र राष्ट्रिय योजना आयोग पर्छन् । प्रतिनिधिसभा निर्वाचन भएको पाँच महिनापछि १० विषयगत समिति गठन भएका हुन् ।

सभामुख देवराज घिमिरेले शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रस्ताव गरेका सबै समितिका सदस्यका नाम नाम सर्वसम्मत अनुमोदन भएका छन् । प्रतिनिधि सभाको बैठकले सबै विषयगत समितिमा रहने सदस्यको नाम अनुमोदन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्