Logo
Logo

गृहमन्त्रीद्वारा मिटरब्याज जाँचबुझ कार्यालय उद्घाटन गरिँदै


756
Shares

काठमाडौं । सरकारले मधेश प्रदेशको राजधानी जनकपुरधाममा मिटरब्याज जाँचबुझ कार्यालय उद्घाटन गर्दै छ।

नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार बिहान जनकपुरमा कार्यालय उद्घाटन गर्न लागेका हुन्। त्यसका लागि गृहमन्त्री श्रेष्ठ बिहानै जनकपुर पुगिसकेका छन्।

सरकारले गत चैत २० गते मिटरब्याज पीडितका समस्या समाधान गर्ने उद्देश्यले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो। तीन सदस्यीय आयोगमा उत्तमराज सुवेदी र गणेशबाबु अर्याल सदस्य छन्।

आयोगलाई मिटरब्याज पीडितका समस्या छानबिन गरी प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको छ। जनकपुरमा आज आयोगको केन्द्रीय कार्यालय उद्घाटनपछि पीडितबाट उजुरी लिन सुरु गरिने संयोजक कार्कीले जानकारी दिए।

आजबाट १५ दिन सम्म आयोगमा उजुरी गर्न सकिने आयोगले जनाएको छ। आयोगले चार दिनअघि नै विज्ञप्ति जारी गरी सबै पीडितलाई उजुरी दिन आह्वान गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्