
काठमाडौं । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रतिनिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेटवार्ता गरेका छन् ।
आज(आइतबार) बिहान लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले कार्यवाहक राष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन् ।
सो भेटमा उनीहरुबीच समसामयिक विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।











