Logo
Logo

नर्भिकमा आइभिएफ प्रविधिबाट ५२ वर्षे महिलाले जन्माइन् जुम्ल्याहा


8.2k
Shares

काठमाडौं । महिनावारी सुकेको ५ वर्षपछि काठमाण्डौंकी एक महिला आइभिएफ प्रविधिबाट जुम्ल्याह सन्तान जन्माएकी छन् ।
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आइभिएफ सेन्टरमा उपचार गराइरहेकी ५२ वर्षीया ती महिलाले आइभिएफ प्रविधिमार्फत एकसाथ दुई सन्तानलाई जन्म दिएकी हुन् ।

बढ्दो उमेर समूहमा जोखिम बढी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै गर्भाअवस्थादेखि नै उच्च निगरानीमा राखेर उपचार गरिएको थियो । शल्यक्रियामार्फत जन्मिएका दुवै जना सन्तान र आमाको अवस्था राम्रो रहेको नर्भिककी वरिष्ठ टेष्टट्यूव बेबी विशेषज्ञ डा. नूतन शर्माले बताइन् ।

सामान्यतः बढ्दो उमेर समूहका महिलामा गर्भाधारण गर्ने र सन्तान जन्माउन सक्ने अवस्थालाई जटिल रुपमा हेर्ने गरिन्छ ।
डा. शर्माकाअनुसार ती महिलाको महिनावारी समेत सुकिसके र पाठेघरमा समेत मासु पलाएको थियो, जसको दुरबिनबाट गरिने शल्यक्रियामार्फत पाठेघरको मासु झिकेर आइभिएफ प्रविधिबाट उपचार गरिएको थियो । यसअघि पनि ५५ बर्षे महिलाले नर्भिकमै आइभिएफ प्रविधिमार्फत सन्तान प्राप्त गरेकी थिइन ।

सामान्यतः नेपालको सन्दर्भमा सन्तान जन्माउनका लागि ३० बर्षको उमेर समूहलाई उत्तम मानिने गरिएपनि विभिन्न कारण बढी उमेर समूह भएका महिलाले सन्तानको रहर गरे उमेरलाई मात्र बाधक मान्न नसकिने नर्भिक अस्पतालले जनाएको छ ।

अस्पतालका विज्ञहरुकाअनुसार पछिल्लो ६ महिनामा नर्भिकमा आइभिएफ गरेकामध्ये गर्भाधारण गर्न सफल ६१ जना महिला ४६ देखि ५५ वर्ष उमेर समूहका रहेका छन् । त्यसैले सन्तान प्राप्तिको चाहनामा उमेरलाई मात्र बाधक मान्न आवश्यक छैन ।

प्रतिक्रिया दिनुहोस्