Logo
Logo

‘श्रमिक आन्दोलनको गौरवशाली इतिहास एमालेसँग मात्र छ’


315
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मजदुर आन्दोलनको गौरवशाली इतिहास आफ्नो पार्टीसँग रहेको बताएका छन् ।

अन्तराष्ट्रिय मजदुर दिवशका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले औद्योगिक प्रतिष्ठान र श्रमिकका सरोकारलाई सम्बोधन गरेर स्थिर औद्योगिक वातावरण बनाउने काम एमाले सरकारकै पालामा भएको बताएका हुन् ।

नेकपा एमाले त्यस्तो पार्टी हो जसको सरकारले औद्योगिक प्रतिष्ठान र श्रमिकहरुका सरोकारलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गर्यो,’ शुभकामना सन्देशमा भनिएको छ ।

नेपालको श्रमिक आन्दोलनको विरासत नेकपा एमालेसँग मात्र रहेको उनले उल्ललेख गरेका छन् । ‘२००३ सालमा भएको मजदुर आन्दोलन मार्फत राणाशाहीहरुलाई श्रमजीवी जनतासँग सम्झौता गर्न बाध्य पार्ने त्यस आन्दोलनको विरासत एमालेसँग छ,’ ओलीले भनेका छन् ।

एमालेको सरकारले मजदुरको पारिश्रमिकमा ३९ प्रतिशत वृद्धि गरेर औद्योगिक क्षेत्रलाई हड्ताल र तालाबन्दीमुक्त क्षेत्र बनाएको उनले स्मरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्