
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको गृहजिल्ला चितवनका पत्रकारले अन्तरक्रिया गरेका छन् ।
चितवनका पत्रकारले शिवनगरस्थित प्रधानमन्त्रीको घरमै पत्रकार सम्मेलन गरेर उपनिर्वाचनबाट तीनजना प्रतिनिधिसभा सदस्य चुनिएको तथा मन्त्रिपरिषद् अझै अपूरो भएको सन्दर्भमा अन्तरक्रिया गरेका हुन् ।
हिजो मात्र प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले बालुवाटारमा भेटवार्ता गरेका थिए ।
त्यस क्रममा प्रधानमन्त्रीले उनलाई सरकारमा सामेल हुन आग्रह गरेका थिए । रास्वपाले भने सरकारमा सहभागी हुन आफ्नो पार्टीको एजेण्डा सरकारका साझा कार्यक्रममा समेटिइनुपर्ने, साविककै मन्त्रालय पाउनुपर्ने अडान राखेको छ ।











