
काठमाडौं । विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा साइकल निषेध गरिएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत पार्टी उपाध्यक्ष डोलप्रसाद अर्यालको निमन्त्रणामा रास्वपाको कार्यालय पुगेको तर, सुरक्षा गार्डले साइकल छिराउन नमिल्ने भनेपछि फर्किएको बताएका छन् ।
उनले सुरक्षा गार्डले मोटरसाइकल र गाडी छिराउन मिले पनि साइकल नमिल्ने बताएको उल्लेख गरेका छन् । उपाध्यक्ष अर्याललाई फोन गर्दा नउठेपछि सुरक्षा गार्डकाे आदेश पालना गर्दै आफू पानीमा भिज्दै निस्केको शाहले गुनासो गरेका छन् ।
उनले घन्टी घरको कथा भन्दै आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्–











