
काठमाडौँ । काठमाडौंमा जारी एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध पाँचौँ विकेट लिएको छ । सन्दीप लामिछानेले रोहन मुस्तफालाई आउट गर्दै पाचौँ विकेट दिलाएका हुन् ।
यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक विकेट लिएका थिए । यूएईले ५१ रनमा ५ विकेट गुमाएको छ ।
सेमिफाइनलमा कुवेतलाई पछि पार्दै नेपालले फाइनलमा स्थान बनाएको हो भने यूएईले ओमानलाई पाखा लगाएको थियो ।
एसीसी प्रतियोगितामा हालसम्म प्रतियोगितामा अपराजित रहेको नेपाल आजको फाइनल खेल विजेताले बनेर एसिया कपमा खेल्ने दाउमा छन् ।
आजको विजेताले एसिया कपमा भारत, पाकिस्तान लगायत देशसँग खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । त्यस्तै, पछिल्ला तीन खेलमा यूएईविरुद्ध नेपाल अपराजित रहेको छ ।











