Logo
Logo

मिटरब्याजी पीडितको माग जायज छ : बाबुराम भट्टराई


693
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याजी पीडितले अघि सारेका मागका बिषयमा सरकारसंग छलफल गर्ने बताएका छन् ।

सोमबार काठमाडौंको शान्तिबाटीकामा मिटरब्याजी पीडितसंग कुराकानी गर्दै भट्टराईले उनीहरुले अघि सारेका मागहरु जायज भएकाले यस बिषयमा सरकारसंग छलफल गर्ने बताएका हुन् । बाध्यतामा परि ऋण लिएका किसानहरुको घरखेत नै बेच्नुपर्ने गरि सुदखोरले असुली गर्ने काम सदाका लागि बन्द हुनुपर्ने उनले बताए ।

भट्टराइले मिटरब्याजी सम्बन्धी सरकारले गठन गरेको आयोगको कार्यदेशलाई बलियो बनाउनुपर्ने मिटरब्याजी पीडितको माग जायज भएको धारणा राखे । जाली तमसुकका कारण मुद्धा खेप्न बाध्य भएकाले अहिलेलाई मुद्दाहरु स्थगीत गराउदै जाली तमसुक आयोगलाई बुझाउने र जाँचबुझ गरेर मात्रै हल गर्ने बिषयमा सरकारसंग कुरा गर्ने उनले बताए ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष बिभिन्न ६ बुँदे माग राख्दै आएको छ । चक्रवृति तथा मिटर व्याजीलाई कारवाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगाएतमा माग राख्दै पीडितहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् । यसअघि सरकारसंग भएको वार्ता असफल भएपछि मिटरब्याजी पीडित शान्तिबाटीकामा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्