Logo
Logo

१८ घण्टादेखि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो


504
Shares

काठमाडौं । सडक भासिएपछि सोमबार दिउँसोदेखि अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ ।

धार्केको गणेशखोलाको पुल भासिएपछि सोमबार दिउँसाे ४ बजेदेखि अवरुद्ध सडक आज बिहान १० बजेदेखि एकतर्फी खुलाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ । १८ घण्टादेखि राजमार्ग अवरुद्ध हुँदा कतिपय साना सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गरिरहेका थिए ।

काठमाडौं आउने सवारी साधनले गल्छी हुँदै नुवाकोटको बाटो र काठमाडौं बाहिर जाने सवारी साधनले त्रिभुवन राजपथ हुँदै हेटौंडाको बाटो प्रयोग गरिररहेका थिए । ठूला सवारी साधनहरू भने जाममा परेका छन् । सडक मर्मतका लागि नेपाली सेना परिचालन गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्