काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.८६ प्रतिशत हुने अनुमान गरेको छ । कार्यालयले मंगलबार यस्तो अनुमान सार्वजनिक गरेको हो ।

सरकारले बजेटमा ७ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने लक्ष्य राखेको थियो । तर, १.८६ प्रतिशत मात्र वृद्धिदर हुने विभागले जनाएको छ ।
विभागका अनुसार नेपाली अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १।८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशत हुनेछ ।











