Logo
Logo

एमाले सचिव रायमाझीले भने- गैरभुटानीलाई अमेरिका लैजाने कुरामा मेरो संलग्नता छैन


2.3k
Shares

अर्घाखाँची । नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा नभएको बताएका छन् । पूर्वऊर्जामन्त्रीसमेत रहेका रायमाझीले बुधबार अर्घाखाँचीको सन्धिखर्कमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले आफूलाई गैरभुटानीलाई अमेरिका लैजाने घटनाबारे थाहा नभएको समेत बताए ।

बुधबारमात्रै काठमाडौं प्रहरी परिसरले जिल्ला अदालत काठमाडौंबाट नेता रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी लिएको छ । उक्त पक्राउ पुर्जीबारे आफूलाई थाहा नभएको उनले जिकिर गर्दै भने, ‘भुटानी शरणार्थीका नाममा गैरभुटानीलाई अमेरिका लैजाने कुरामा मेरो संलग्नता छैन । भुटानी शरणार्थीको समस्या दीर्घकानील समाधान गर्ने कुरामा हिजो पनि थियौँ र भोलि पनि हुनेछौँ ।’

उनले आफू सरकारमा हुँदा भुटानी शरणार्थीलाई यहीँ रोजगारी दिने, भुटान नै लैजान कूटनीतिक पहल गरेको बताउँदै सम्भव नभए तेस्रो मुलुकमा पुनःस्थापना गर्नका लागि पहल गरिने कुरा गरेको बताउँदै भने, ‘कहाँबाट पुर्जी काट्नी ? जानकारी छैन ।’

प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय खुलेसँगै पक्राउ पूर्जी जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्