Logo
Logo

राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतलनिवासमा


5.5k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन्।

राष्ट्रपति पौडेल नयाँ दिल्लीबाट उपचार गरेर आएपछि भेट गर्न प्रधानमन्त्री आज (बिहिबार) राष्ट्रपति कार्यालय शितलनिवास पुगेका हुन् । राष्ट्रपति पौडेल अहिले शीतल निवासमै आराम गरिरहेका छन्। उनले यसअघि राजनीतिक तथा व्यक्तिगत भेटघाट रोकेका थिए ।

पौडेल आइतबार राति नेपाल एअरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएका थिए । त्यसयता चिकित्सकको सल्लाहअनुसार उनी आराम गरिरहेका छन्। राष्ट्रपति पौडेल गत वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचारका लागि गएका थिए।

यो भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले बुधबार नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त तीन नेताको शपथबारे पनि कुरा गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्