
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रास्वपालाई सरकारमा ल्याउन सुझाव दिएका छन् । बिहीबार कैलालीमा पत्रकारहरुसँग कुरा गर्दै उनले रास्वपालाई सरकारमा ल्याउन प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका हुन् ।
उनले भने, ‘हिजो प्रधानमन्त्री र शेरबहादुरजीले राय माग्नु भएको थियो । मैले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने सल्लाह दिएको थिए । तर, के भयो थाहा छैन ।’
बैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट रास्वपाका सभापति रवि लामिछाने निर्वाचित भएपछि प्रधानमन्त्री प्रचण्ड उनलाई सरकारमा ल्याउने प्रयास गरिरहेका छन् । तर, लामिछानेले सरकारमा सहभागी हुन नीति तथा कार्यक्रम संशोधन गरिनुपर्ने, साविककै मन्त्रालय पाउनुपर्ने सर्त रोखेको छ ।











