काठमाडौं । सरकारले वार्ता समिति गठन गरेपछि निजामती सेवाका कर्मचारीहरूको आन्दोलन तत्कालका लागि स्थगित भएको छ ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा वार्ता समिति गठन गरेपछि कर्मचारीहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।
संघीय निजामती कर्मचारी सेवा ऐनको माग गर्दै निजामती कर्मचारीले आज सिंहदरबारको दक्षिण गेट अगाडि धर्ना दिएका थिए ।
नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले वार्ता समिति गठन भएपछि तत्कालका लागि आन्दोलन स्थगित गरिए तर, वार्तामार्फत आफूहरूको माग सम्बोधन नभए फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताए ।











