
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज पनि भेटवार्ता हुँदैछ।
दिउँसो ३ बजे शीर्ष नेताबीच सिंहदरवारमा भेट हुने तय भएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए।
भेटवार्ताको एजेण्डाबारे आधिकारीक जानकारी नभएको प्रेस संयोजक बजगाईले बताए । नक्कली भुटानी शरणर्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि दुई शीर्ष नेताबीच हिजो बुधबार पनि भेटवार्ता भएको थियो ।
भेटमा अध्यक्ष ओलीले आफ्नो पार्टीका सचिव रायमाझीलाई नक्कली शरणर्थी प्रकरणमा मुछ्नु शंकाष्पद रहेको बताएका थिए ।











