
काठमाडौं । राष्ट्रयि स्वतन्त्र पार्टी रास्वपाका उपाध्यक्ष डीपी अर्यालले सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्ने प्रस्ताव नआएको बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभापति लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्दै सञ्चार माध्यममा आएका समाचारमा कुनै सत्यता नरहेका उनले बताएका हुन् ।
उपसभापति अर्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूहरुलाई पुरानै मन्त्रालय दिन तयार भएको दाबीसमेत गरे ।
पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा गएको थियो । तर नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्चको आदेशपछि रवि लामिछानेको सांसद पद गएपछि उनले गृहमन्त्रालय गुमाएका थिए । त्यसपछि रास्वपाका अरू मन्त्री पनि सरकारबाट फिर्ता भएका थिए ।
सभापति लामिछानेले फेरि उपनिर्वानबाट निर्वाचित भएर आएपछि प्रधानमन्त्री प्रचण्ड रास्वपालाई पुरानै मन्त्रालय सहित सरकारमा सहभागी गराउ तयार रहेको उनले बताए ।
उनले पार्टी भित्र सरकारमा जाने र नजाने भन्ने दुवै प्रकारका मत रहेकाले केन्द्रीय समिति र संसदीय दलको सयुक्त बैठक बसेर टुंगो लगाउने उनले बताए । रास्वपाले सरकारबारे निर्णय लिन आज साँझ ४ बजे केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै छ ।











