काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज हुने भनिएको भेटवार्ता अनिश्चित भएको छ । प्रधानमन्त्री र ओलीबीच शुक्रबार दिउँसो ३ बजे भेटवार्ताका लागि समय तय भएको थियो । तर, प्रधानमन्त्री प्रचण्ड बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रमका लागि लुम्बिनी र नवलपरासीका कार्यक्रममा सहभागी भएर फर्कन ढिला भएपछि भेटवार्ता अनिश्चित बनेको हो ।

प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमल्सिनाका दुई नेताबीच आज दिउँसो ३ बजे सिंहदरबारमा भेटवार्ता गर्ने तय भएको थियो । तर, प्रधानमन्त्री लुम्बिनीबाट ढिला फर्कने भएपछि भेटवार्ता अनिश्चि बनेको हो । उनका अनुसार प्रधानमन्त्री काठमाडौं फर्केपछि भेटवार्ताका लागि अर्को समय तय गरिने भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बिहीबार पनि भेटवार्ता भएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएलगत्तै ओलीलेबिहीबार प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए ।











