Logo
Logo

जनताको मनोभावनाअनुसार काम गर्नु मेरो मुख्य उद्देश्य हाे : प्रधानमन्त्री


630
Shares

नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखापरेको आर्थिक समस्यालाई समाधान गर्दै सुशासन कायम गर्न सरकार लागिपरेको बताएका छन् । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले बुद्ध जयन्तीको अवसरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो दावी गरेका हुन् ।

मुलुकमा देखापरेको आर्थिक समस्या चिर्दै जनताको मनोभावनाअनुसार काम गर्नु नै आफ्नो मुख्य उद्देश्य भएको उनले बताए । बृहत्तर लुम्बिनीको विकासका लागि रामग्राम स्तूपको विशेष महत्व रहेको र रामग्राम विकास गुरुयोजना कार्यान्वयनमा ल्याउने उनले प्रतिबद्धतासमेत व्यक्त गरे

बुद्ध सर्किटमा पर्ने बुद्धसँग सम्बन्धित ऐतिहासिक स्थलको संरक्षण र प्रचारप्रसार गरेर धार्मिक पर्यटकलाई नेपाल भित्र्याउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

लुम्बिनी विकास कोषले रामग्राम स्तूपको विकासमा प्रभावकारी पहल नगरेको भन्दै छुट्टै रामग्राम विकास कोष स्थापना गरिने रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले जानका्री दिए । बुद्ध जयन्तीको अवसरमा रामग्राम नगरपालिकाले पण्डितपुर र रामग्राम स्तूपमा अस्तुपूजासहित कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्