Logo
Logo

रास्वपा सरकारमा नजाने, समर्थन फिर्ता लिने


2.4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा नजाने निर्णय गरेको छ । साथै, सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने रास्वपाले निर्णय गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई सरकारमा ल्याउन पहल गरिरहेका बेला रास्वपाले सरकारमा नजाने निर्णय गरेको हो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा यसअघि रास्वपा उपप्रधान तथा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा सभागी भएको थियो । तर, नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्चको आदेशपछि रवि लामिछानेको सांसद पद गएपछि रास्वपाका सरकारबाट बाहिरिएको थियो । तर, सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको थिए ।

उपनिर्वाचनपछि रास्वपालाई सरकारमा सहभागी गराउनेबारे सत्ता गठबन्धनमा छलफल भइरहँदा रास्वपा सभापति रवि लामिछानेले पनि आफ्नो माग पुरा भएमा सरकारमा सहभागी हुन सकिने बताउँदै आएका थिए । तर, पार्टीभित्रको तीव्र दबाबपछि रास्वपाले सरकारमा नजाने निर्णय गरेको ती नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्