
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच आज (शनिबार) भेट भएको हो ।
नक्कली शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता बाक्लिएको छ ।
नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाइ अमेरिका पठाउने भन्दै गरिएको ठगी प्रकरणमा एमालेका सचिव रायमाझीविरुद्ध प्रहरीले पक्रायउ पुर्जी जारी गरेसँगै अध्यक्ष ओली बिहिबार सिंहदरबार पुगेका थिए ।
बिहिबार भएको भेटमा उनले उक्त ठगी प्रकरणमा एमाले नेताहरुलाई अनावश्यकरुपमा मुछ्न खोजेको भन्दै असन्तुष्टि जनाएका थिए ।











