Logo
Logo

‘टोपबहादुर मेरो सम्पर्कमा हुनुहुन्न’


2.1k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको बताएका छन् ।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानबारे छलफल गर्न ओली सिंहदरबार पुगेका थिए ।

भेटपछि सञ्चारकर्मीहरूको प्रश्नमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीको अवस्थाबारे आफू अनभिज्ञ रहेको बताए ।
‘मेरो सम्पर्कमा हुनुहुन्न । तपाईंहरु नै बताइदिनुस्’, उनले भने । अपराधीलाई जोगाउन लाग्नुभएको हो भन्ने प्रश्नमा ओलीले केहीले यस्तो गलत हल्ला चलाएको बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीसँग ओलीको यो भेट दोसोपटक हो । गत बिहीबार पनि दुई नेताबीच यसै विषयमा छलफल भएको थियो । भेटपछि ओलीले निर्दोषलाई फसाउन खोजे नसहने चेतावनी दिएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्