
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनियुक्त सचिवद्धयले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
प्रतिनिधिसभाको सचिवमा नियुक्त भएका पदमप्रसाद पाण्डेय र राष्ट्रियसभाको सचिवमा नियुक्त भएका डा. सुरेन्द्र अर्यालले आज संघीय संसद् सचिवालय, सिंहदरबारमा पद तथा गोपनीयताको शपथ लिने भएका हुन् ।
उनीहरूको शपथ कार्यक्रम आज बिहान १०ः १५ बजे हुने संसद सविचवालयले जनाएको छ । राष्ट्रपति कार्यालयले गत बिहीबार दुवै सदनका लागि सचिव नियुक्त गरेको थियो ।











